१४ वैशाख २०८१, शुक्रवार

खाना नपकाएको निहुँमा लात्तिले हानेर श्रीमतीको हत्या

२७ पुष २०७९, बुधवार
Image

झापा, २७ पुस । अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा घरायसी विवादमा ३५ बर्षीय विश्वराज घिसिङले श्रीमतीको हत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घिसिङले मंगलबार राति खाना नपकाएको निहुँमा पेटमा लात्तिले हानेर श्रीमती ३६ बर्षीया प्रमिला भूजेल घिसिङको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले हत्या आरोपी विश्वराजलाई पक्राउ गरी कारवाहीको लागि आवश्यक प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । भोजपुर अरुण गाउँपालिका–१ स्थायी घर भएका विश्वराज र प्रमिलाको जोडी अर्जुनधारामा विरबहादुर भूजेलको घरमा भाडामा बस्दै आएका थिए ।