४ वैशाख २०८१, मङ्गलवार

सुरुंगाको पृथ्वी जयन्तीमा सेनाले दियो सलामी

२७ पुष २०७९, बुधवार
Image

सुरुंगा, २७ पुस । कनकाई नगरपालिकाले ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज विशेष कार्यक्रमको आयोजना गरेको छ ।

नगरपालिकाको प्रवेशद्वारमा स्थापित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक रहेको स्थानमै कार्यक्रमको आयोजना गरिएको हो ।

नगरपालिकाले बनाएको शालिकमा श्रद्धासुमन अर्पण गर्दै चारआली व्यारेकबाट आएको नेपाली सेनाको टुकडीले सो अवसरमा सलामी दिएको छ भने राजनीतिक दलका नेता, जनप्रतिनिधि, सञ्चारकर्मी र सर्वसाधारणको उपस्थिति रहेको छ ।

नगरप्रमुख राजेन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद् एकराज कार्की प्रमुख अतिथि रहनु भएको छ ।