१३ वैशाख २०८१, बिहिवार

सोनाम ल्होसारमा कलाकारहरुले धुलाबारी तताउने

२८ पुष २०७९, बिहिवार
Image

मेचीनगर, २८ पुस । सोनाम ल्होसारको उपलक्ष्यमा मेचीनगरमा दर्जनौं कलाकारहरुको उपस्थितिमा वृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

आयोजक केसाङ आर्ट क्रियसन नेपालका अध्यक्ष केसाङ लामाका अनुसार माघ ७ गते शनिवार विहान ७ देखि अपरान्ह ४ बजेसम्म धुलाबारीमा कार्यक्रम सञ्चालन हुनेछ ।

कार्यक्रममा हाँँस्यव्यंग्य कलाकार सुरबीर पण्डित (दाह्री बा), सिने नायक सुभाष मेचे, सिने नायक रमित ढुंगाना, सिने नायिका रोशन श्रेष्ठ, सिने निर्देशक कुमार केसी, गायिका सुनिता प्रभा लगायतको सहभागिता रहने कार्यक्रमका व्यवस्थापक एवम् सिने निर्देशक परमाणु प्रधानले जानकारी दिनुभयो । 

दश हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको सो कार्यक्रममा प्रवेश शुल्क नलाग्ने र गोर्खा ब्रुअरी लगायतले स्पोन्सर गर्ने अध्यक्ष लामाले बताउनुभयो ।