१६ चैत २०८०, शुक्रवार

स्कुल बसको ठक्करबाट बाटो हिडिरहेकी वृद्धाको मृत्यु

२९ पुष २०७९, शुक्रवार
Image

झापा, २९ पुस । गौरादह नगरपालिका१ स्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ७२ बर्षीय तुलसा दाहाल रहेकी छन् । 

हिजो अपरान्ह ३ बजे  माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको  मे. १ ख. २६७६ नम्बरको बसले ठक्कर दिदा घाइते भएकी दाहालको उपचारको क्रममा बीएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । 

ठक्कर दिने बस र चालक गौरादह-२ का अमरलाल ताजपुरीयालाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिहेको छ ।