१४ वैशाख २०८१, शुक्रवार

बुधबारे जेसीजमा ५० हजारको पुरस्कार कोष घोषणा

३० पुष २०७९, शनिवार
Image

बुधबारे, ३० पुस । बुधबारे जेसीजका निवर्तमान अध्यक्ष सिनेटर मुकेश भट्टराईले ५० हजार राशीको पुरस्कार कोष स्थापना गर्नुभएको छ ।

बुधबारे जेसीजको दशौँ पद–हस्तान्तरण कार्यक्रमका अवसरमा उहाँले आफ्ना हजुरबुबा लक्ष्मीकान्त भट्टराईको नाममा पुरस्कार कोषको घोषणा गर्नुभएको हो ।

डी–स्क्वायर रिसोर्टमा जेसीजले पद हस्तान्तरण एवम् पुरस्कार वितरण कार्यक्रम गरेको हो ।

बर्ष २०२२ का अध्यक्ष जेसी मुकेश भट्टराईले नव–निर्वाचित अध्यक्ष जेसी अर्जुन ढकाललाई जेसीज चेन लगाएर जिम्मेवारी हस्तान्तरण गर्नु भएको हो ।

अध्यक्षको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अर्जुन ढकालले आफ्नो कार्यकालमा बुधबारे जेसीजलाई नयाँ उचाईमा पुर्याउने उद्घोष गर्नुभएको थियो ।

सो अवसरमा जेसीज अफ द इयर, आइटी अफिसर अफ द इयर र अफिसर अफ द इयर गरी ३ बिधाका उत्कृष्ट युवा पुरस्कारबाट क्रमशः बिष्णु लामिछाने, टेकनाथ ढकाल र रुद्र निरौला सम्मानित हुनु भएको छ ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा र नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष बिकास मानन्धर बिशिष्ट अतिथि रहेका हुनुहुन्थ्यो । 

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सहित निरुपित राष्ट्र उपाध्यक्ष अनुप सुनुवार, राष्ट्र महासचिव अमिश ढकाल, कार्यकारीणी उपाध्यक्ष कुमार सिह साँवा उपाध्यक्षहरु भिम बहादुर कुँवर, बीर बहादुर बेघा, स्वस्तिका आचार्य, तेजप्रसाद उप्रेती, गुरुदेव पौडेलको उपस्थिति रहेको थियो ।