१५ चैत २०८०, बिहिवार

जागरण कृषि समूहले पायो १० लाखको अनुदानको च्याप कटर

३० पुष २०७९, शनिवार
Image

बुधवारे, ३० पुस । बुद्धशान्ति-१ स्थित जागरण कृषि समूहले १० लाख बराबरको कृषि सामग्री पाएको छ ।

प्रदेश नं। १ कृषि मन्त्रालयबाट प्राप्त भएकोे अनुदानबाट २९ थान च्याप कटर मेशिन र २९ थान १ पांग्रे ठेला गरी १० लाख बराबरको कृषि सामग्री शुक्रवार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको थियो ।

कृषि समूहका अध्यक्ष शिव बहादुर गिरीको अध्यक्षता, प्रदेश नं। १ का निवर्तमान  कृषिमन्त्री झलक सिंह दर्लामीको  प्रमुख आतिथ्यता त्यस्तै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले, स्थानीय समाजसेवी खड्ग तिम्सिना, रोसन तिम्सिना, दधिराम रिमाल, सरोज घिमिरे लगायतको आतिथ्यतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिव केशव पुरीले गरेका थिए ।

यस भन्दा अघि पनि निवर्तमान कृषिमन्त्री झलक सिंह दर्लामीकै विशेष पहलमा बुद्धशान्तिका विभिन्न क्षेत्रहरुमा लाखौँका कृषि सामग्री हस्तान्तरण गरिएको थियो ।