१३ वैशाख २०८१, बिहिवार

अर्जुनधारा प्रेस क्लवको अध्यक्षमा समदर्शी

३० पुष २०७९, शनिवार
Image

शनिश्चरे, ३० पुस । अर्जुनधारा प्रेस क्लवको अध्यक्षमा रमेश समदर्शी राई सर्वसम्मत चयन हुनुभएको छ ।

उपाध्यक्षमा प्रेम आचार्य, सचिवमा नरेश खाती, सहसचिवमा उद्धव पुरी, कोषाध्यक्षमा पुष्पा जबेगु र सदस्यहरुमा विष्णु श्रेष्ठ, दिपक ढुंगाना, सुजाता ढुंगाना, मनिता योञ्जन, पुरुषोत्तम योञ्जन र तिलक योञ्जन चयन हुनुभएको छ ।

क्लवको लेखा समितिको संयोजकमा राजन साम्पाङ र सदस्यहरुमा अनिता बिष्ट र गणेश थापा चयन हुनुभएको छ ।

यसअघि क्लवको अध्यक्ष कुमार भट्टराई हुनुहुन्थ्यो । अर्जुनधारा नगरपालिकामा बसोबास गर्दै पत्रकारितामा क्रियाशील पत्रकारहरुको साझा संस्थाको रुपमा अर्जुनधारा प्रेस क्लव रहेको अग्रज पत्रकार दिपीन राईले बताउनुभयो ।