४ वैशाख २०८१, मङ्गलवार

राजनीति

घुम्दैफिर्दै माधव नेपालकै पार्टीमा घनश्याम

३० पुष २०७९, शनिवार
Image

झापा, ३० पुस । वैचारिक नेताको उपमा पाएका बाम नेता घनश्याम भुसाल घुम्दै फिर्दै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजबादीमा पुग्नु भएको छ ।

शुक्रवार नेकपा एसमा प्रवेश गर्नुभएको उहाँलाई पार्टीले आज केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ ।

नेकपा विभाजित हुने बेलामा उहाँ माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डको गठबन्धनमा हुनुहुन्थ्यो ।

पार्टी विभाजित भएपछि भने उहाँ माधव नेपाललाई छाडेर केपी ओली नेतृत्वको नेकपा एमालेमै फर्किनु भएको थियो ।

एमालेमा रहँदा पार्टीका अध्यक्ष ओलीसँग मतभेद भइरहेका बेला गत मंसिर ४ को चुनावमा एमालेले उहाँलाई उम्मेद्वारको टिकट नै दिएन । त्यसपछि पार्टी त्यागेर उहाँ स्वतन्त्र बामपन्थीको रुपमा रुपन्देही संसदीय क्षेत्रमा चुनाव लड्नु भएको थियो ।

चुनावमा उहाँ नेकपा एमालेका उम्मेद्वार छविलाल विश्वकर्मासँग पराजित हुनुभयो । बाम एकता र एमाले सुधार्ने अभियान सञ्चालन गर्नु भएको उहाँ चुनावपछि सत्तामा पुगेको नेकपा एमाले र नेकपा माओबादी केन्द्रमा प्रवेश गर्न रुचाउनु भएन ।

अन्ततः सत्तामा नरहेको र कठिन राजनीतिक परिस्थिति भोगिरहेको नेकपा एसमै उहाँ प्रवेश गर्नुभयो । पार्टी प्रवेश गर्दा उहाँले नेकपा एसकै बाटोमा एकदिन एमाले र माओबादी आउनु पर्ने दावी गर्नुभएको छ ।