१२ वैशाख २०८१, बुधवार

अहिले भर्खरै

पोखरा बिमानस्थल नजिकै यतिको जहाज दुर्घटना (भिडिओ पनि हेर्नुहोस्)

१ माघ २०७९, आइतवार
Image


झापा, १ माघ । पोखरामा यति एयरलायन्सको एटीआर जहाज दुर्घटनामा परेको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर सो जहाज आज विहान पोखराका लागि उडेको थियो ।

अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।

पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा आगो लागिरहेको छ । विमानस्थल तथा महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।

क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको हो । यात्रुको हताहतिबारे यकिन जानकारी सार्वजनिक भएको छैन ।