८ वैशाख २०८१, शनिवार

दुर्घटना अपडेट

प्रधानमन्त्रीद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

१ माघ २०७९, आइतवार
Image

झापा, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । 

उहाँले प्रभावकारी उद्धारका लागि निर्देशन समेत दिनुभएको छ ।

‘दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ’– प्रचण्डको सचिवालयले भनेको छ ।

दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछाने त्रिभुवन विमानस्थल पुग्नु भएको छ । प्रधानमन्त्रीले दिउँसो साढे १ मन्त्रिपरिषदको आकस्मिक बैठक समेत बोलाउनु भएको छ ।