१३ वैशाख २०८१, बिहिवार

आज धुलाबारीमा भब्य सांस्कृतिक कार्यक्रम

७ माघ २०७९, शनिवार
Image

धुलाबारी, ७ माघ । केसाङ आर्ट क्रिएसनको आयोजनामा आज दिउँसो मेचीनगरको धुलाबारीमा वृहत सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको छ ।

निन्दा पुलको पश्चिमोत्तर राजमार्ग छेउमा भइरहेको सांस्कृतिका कार्यक्रम तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको उपलक्ष्यमा आयोजना गरिएको आयोजक समितिका अध्यक्ष केसाङ लामाले बताउनुभयो ।

कार्यक्रमका लागि भब्य स्टेज बनाइएको छ भने साउन्ड सिस्टम राखिएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरु प्रस्तुतिका लागि आइरहेको कार्यक्रमका व्यवस्थापक एवम् सिनेमा निर्देशक परमाणु प्रधानले जानकारी दिनुभयो ।

कार्यक्रममा हाँँस्यव्यंग्य कलाकार सुरबीर पण्डित (दाह्री बा), सिने नायक सुभाष मेचे, सिने नायक रमित ढुंगाना, सिने नायिका रोशन श्रेष्ठ, सिने निर्देशक कुमार केसी, गायिका सुनिता प्रभा लगायतको सहभागिता रहने कार्यक्रमका व्यवस्थापक प्रधानले बताउनुभयो ।