१३ वैशाख २०८१, बिहिवार

धुलाबारीमा ‘दाह्री बा’लाई भब्य सम्मान

७ माघ २०७९, शनिवार
Image

मेचीनगर, ७ माघ । केसाङ आर्ट क्रिएसनले हाँस्यव्यंग्य कलाकार सुरविर पण्डित (दाह्री बा) लगायतका कलाकारहरुलाई सम्मान गरेको छ ।

सोनाम ल्होसारको उपलक्ष्यमा धुलाबारीमा आज आयोजित वृहत सांस्कृतिक कार्यक्रममा उक्त सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा गायिका माया प्रधान, नायक सुभाष मेचे, नायिका सुरेखा सबु, सिने निर्देशक परमाणु प्रधान, सिनेमा निर्देशक कुमार केसी, समाजसेवी सीता बस्नेत तामाङ लगायत हुनुहुन्छ ।

नेपाली सिनेमा र संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरुलाई सम्मान गरिएको केसाङ क्रिएसनका अध्यक्ष केसाङ लामाले बताउनुभयो । कार्यक्रमको सञ्चालन लामाले नै गर्नुभएको थियो ।

कार्यक्रममा कलाकार सुरबिर पण्डितले हाँस्यब्यंग्य प्रस्तुत गर्नुभएको थियो । कवि शिरोमणि मावि, आदर्श विद्या मन्दिर, बाटिका विद्यालयका विद्यार्थीहरुले सांगीतिक कार्यक्रम देखाएका थिए ।

सोही अवसरमा काँकरभिट्टाको एमिटी पब्लिक स्कुलका विद्यार्थीले उत्पादन गरेको पानी शुद्धिकरणका रसायनिक पदार्थ र प्रविधिको प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङले मन्तब्य ब्यक्त गर्दै तामाङहरुले जोगाएको संस्कृति र परम्परालाई संरक्षण गर्न राज्यले सघाउनु पर्ने बताउनुभयो ।