११ वैशाख २०८१, मङ्गलवार

कचनकबल घटना फ्लोअप

केटा पक्षको दावी : केटीका आफन्तले जोडी छुटाएका थिए

१० माघ २०७९, मङ्गलवार
Image

फोटो  :अन्नपूर्ण पोस्ट

झापा, १० माघ । कचनकबलमा आत्महत्या गरेका युवा र युवती भागी विहेपछि छुटाइएका प्रेम जोडी भएको थाहा भएको छ ।

कचनकबल–४ का २५ बर्षीय राजेशकुमार गणेश र १८ बर्षीया पवित्रा राजवंशीलाई सथनीय एभरेस्ट चिया बगानको एउटा रुखमा झुण्डिएको अवस्थामा आज विहान भेटिएको थियो ।

प्रहरीका जिल्ला प्रवक्ता बसन्त पाठकले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभएको छ ।

यसैबीच, मृतक युवाका काका रघुनन्दन गणेशका अनुसार तीन महिना अघि ती जोडीले प्रेम विवाह गरेका थिए । तर, केटी पक्षले विवाहलाई मञ्जुरी दिएको थिएन ।

यो विषय प्रहरीमा पनि पुगेको थियो । केटीका आफन्तले छुटाएर लगे पछि दुबै जना अलग अलग आफ्ना घरमा बस्दै आएका थिए ।