२ कार्तिक २०८१, शुक्रवार

अहिले भर्खरै

संसद् अगाडि आत्मदाहको प्रयास गरेका इलामका आचार्यको मृत्यु

११ माघ २०७९, बुधवार
Image

झापा, ११ माघ । गरिखाने अवस्था नभएको भन्दै संघीय संसद् भवनअगाडि मंगलबार आत्मदाहको प्रयास गर्दा घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा उहाँको आज बिहान मृत्यु भएको छ ।

सूर्योदय वडा नं. ११ निवासी ३७ वर्षीय आचार्यलाई संसद भवन अगाडिबाट प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो । आचार्यको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।

यो पनि पढ्नुहोस्-आत्मदाह प्रयास अघि लेखे–‘गरिखाने स्थिति भएन’