७ वैशाख २०८१, शुक्रवार

गरिखान देउ

प्रेमप्रसादलाई अन्याय गर्नेहरुमाथि छानबिन गर्न सरकार तयार

११ माघ २०७९, बुधवार
Image

झापा, ११ माघ । राज्यका भ्रष्ट प्रवृत्तिका कारण निराश भएको बताउँदै आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यसबारे छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।

आचार्यले आत्मदाह अघि फेसबुकमा लेख्नु भएको स्टाटसमा आफुले विभिन्न सरकारी निकायको भ्रष्ट प्रवृत्ति र व्यक्तिहरुबाट पाएको प्रताडना सविस्तार उल्लेख गर्दै राज्यसँग छानविनको माग गर्नुभएको थियो ।  

‘उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ’–उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भन्नुभयो ।

आचार्यले मंगलबार नयाँ बानेश्वरमा संसद् भवनअघि आफ्नै शरीरमा आगो लगाउनु भएको थियो । उहाँको उपचारका क्रममा बुधबार विहान मृत्यु भएको थियो । 

उहाँले मृत्यु हुनुअघि फेसबुकमा लामो स्टाटस लेख्दै केही विषयमा छानबिन गर्नुपर्ने बताउनु भएको थियो । सरकारले सोही विषयमा छानबिन गर्न लागेको हो ।

गृहमन्त्री लामिछानेले बुधबार नै आचार्यको परिवारसँग भेट्नु भएको थियो ।