१२ वैशाख २०८१, बुधवार

प्रदेशको प्रमुख न्यायाधिवक्तामा आचार्य

१२ माघ २०७९, बिहिवार
Image

झापा, १२ माघ । वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य प्रदेश १ को मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएको छ । 

झापा जिल्ला बार एसोसिएसनका पूर्वअध्यक्ष आचार्यलाई सो पदमा नियुक्तिका लागि मुख्यमन्त्री हिक्मत कार्कीले सिफारिस गर्नुभएको थियो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६० बमोजिम उहाँलाई बुधवार सो पदमा नियुक्त गर्नुभएको हो ।

आचार्य अनुभवी र इमान्दार कानून व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । प्रदेश सरकारले दिएको जिम्मेवारीलाई आफ्नो क्षमताले भ्याएसम्म इमानका साथ पूरा गर्ने उहाँले नियुक्तिपछि लोकतन्त्र पोस्टलाई बताउनुभयो ।