१२ वैशाख २०८१, बुधवार

गोयलले साठी लाख खर्चेर गरीवका ११ घर बनाइदिने

१३ माघ २०७९, शुक्रवार
Image

झापा, १३ माघ । भद्रपुरमा जन्मेका र विराटनगरमा बसेर व्यवसाय गरिरहनुभएका दिनबन्धु गोयलले अति विपन्न माझी र राजबंशी समुदायको ११ वटा घर बनाइदिनु हुने भएको छ ।

भद्रपुर वडा नं. ६ मा बन्ने ती घरहरुको शिलान्यास विहीवार सरस्वती पूजाका अवसरमा गरिएको छ ।

एघार वटा घर बनाउन ६० लाख रुपैयाँ खर्च हुने समाजसेवी गोयलले बताउनुभएको छ ।

भद्रपुरका मेयर गणेश पोखरेल र उपमेयर राधा कार्कीले उक्त शिलान्यास गर्नुभएको हो । भवन निर्माणपछि उक्त बस्तीलाई ‘गोयल कोलोनी’ नामाकरण गरिने बताइएको छ ।