१२ वैशाख २०८१, बुधवार

संयमित हुँदै रबिले भन्नुभयो–‘फैसला मान्छु’

१३ माघ २०७९, शुक्रवार
Image

झापा, १३ माघ । नागरिकता कायम नभएपछि सबै पद गुमाएका रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई मान्ने बताउनुभएको छ ।

आज साँझ अदालतले उहाँको पुरानो नागरिकता कायम नगरेको र सांसद् पद खारेजीको फैसला सुनाएको थियो ।

फैसला आएपछि आफुले सम्हाल्दै आएको गृहमन्त्रालयबाट उहाँ आजै बाहिरिनु भएको छ । बाहिरिदै गर्दा उहाँले फैसलालाई पालना गर्ने भन्दै पत्रकारहरुलाई थप प्रश्न नगर्न आग्रह गर्नुभयो ।

उहाँले आफु अनागरिक बनेको जनाउँदै अबको कदम बारे केही बताउन चाहनु भएन । आजै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पदबाट राजीनामा बुझाउनु हुने भएको छ ।