१४ वैशाख २०८१, शुक्रवार

रबिले नयाँ नागरिकता आजै पाउने

१५ माघ २०७९, आइतवार
Image

झापा, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जानुभएको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार उहाँको सांसद पद खारेज गरेको थियो । 

उहाँले यहीकारण उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउनुभयो ।

त्यसैले, उहाँ नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय जानुभएको हो ।