१६ चैत २०८०, शुक्रवार

रविले पाए नागरिकता, फेरि गृहमन्त्री र पार्टी अध्यक्ष बन्ने

१५ माघ २०७९, आइतवार
Image

झापा, १५ माघ । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिनु भएको छ । 

उहाँले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिनु भएको हो ।

लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुनः नागरिकता कायम भएको बताउनुभयो ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार उहाँको सांसद पद खारेज गरेको थियो । 

यससँगै उहाँले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि गुमाउनु भएको थियो ।

त्यसैले उहाँ अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जानु भएको थियो ।

नागरिकता पाएपछि उहाँलाई पार्टीको सभापति बनाउने र फेरि गृहमन्त्री बनाउने पार्टीको योजना रहेको बताइएको छ ।