१२ वैशाख २०८१, बुधवार

आज सहिद दिवस

१६ माघ २०७९, सोमवार
Image

झापा, १६ माघ । प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा आज माघ १६ गते सहिद दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

राष्ट्रपति, प्रधानमन्त्री, नेता लगायतले सहिद दिवसका अवसरमा सन्देश जारी गर्नु भएको छ ।

सहिदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जो सुकैलाई घोषणा गरिँदा सहिदको गरिमा नै घटेको टिप्पणी हुने गरेको छ ।