७ वैशाख २०८१, शुक्रवार

ओमसाइ हस्पिटलमा ‘लेजर सर्जरी’ सेवा

१६ माघ २०७९, सोमवार
Image

भद्रपुर, १६ माघ । ओमसाइ पाथिभरा हस्पिटल प्रालि भद्रपुरले आफ्नो १४औँ वार्षिक उत्सवको अवसरमा अस्पतालमा नयाँ सेवा थप गरेको छ । 

अस्पतालले बिश्वस्तरीय फाइबर लेजर मेसिनबाट किडनी, पिसाब नली र पिसाब थैलीमा रहेको ढुंगा, प्रोस्टेटको अप्रेसन नचिरिकन तथा प्वाल नपारिकन गरिने ‘लेजर सर्जरी’ सेवा सुचारु गरेको हो । 

लेजर  मेसिनद्वारा सेवा सुरु गरेपछि यो सेवा धेरै जनमानसमा पुगोस भन्दै अब किडनी स्टोनका बिरामीले यस्ता उपचारका लागि धेरै खर्च गरेर अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य भएको र सरल शुल्कमै यस प्रकारका सबै अप्रेसनहरु यसै अस्पतालमा हुने अस्पतालका अध्यक्ष दीपककुमार पोखरेलले बताए । 

उनले मेची अञ्चल कै पहिलो उपचार सेवाका रुपमा २०६६ सालबाट सुरु भएको यस अस्पतालले आफ्नो सेवा प्रारम्भसँगै आइसीयु, डायलासिस, ल्याप्रोस्कोपिक सर्जरी, न्युरो सर्जरी, नाक, कान घाटी, सर्जरी, अर्थोपेडिक सर्जरी, गाइने सर्जरी र डेण्टल सर्जरी र मेडिसिन सेवा दिदै आएको बताए ।

यसैगरी केहि वर्षदेखि पिसिएनएल, टर्ब, युरोलोजी, युआरएसल सेवा दिदै आएका बताइएको छ ।

त्यस्तै अहिले आँखाको उपचार समेत सुरु भैसकेको जनाएको छ । हस्पिटल चौधौँ वर्ष प्रवेश गरेसँगै बिश्वस्तरीय उपचार पद्वतिलाई यस क्षेत्रमा रहेका सबै जनताको पहुँच रहोस भन्ने हेतुले लेजर उपचार सेवा सुरु गरिएको अध्यक्ष पोखरेलले बताए ।

अस्पतालका कन्सेल्टेण्ट ल्याप्रोस्कोपिक तथा युरोलोजी सर्जन डा.सशी के सिंहले २१औँ सताब्दीको बिश्वस्तरीय लेजर प्रविधि आरआइएसको लेजर मेसिनबाट नचिरिकन, कुनै प्वाल नपारी किड्नीमा रहेको ढुंगा, पिसाब नलिमा रहेको ढुंगा, प्रोस्टेटको अप्रेसन गरिने भएको हुँदा सबै उमेरका बिरामीहरुले नयाँ प्रविधिको उपचारबाट फाइदा लिन सक्ने बताए ।