६ वैशाख २०८१, बिहिवार

मेची उवासंघ चुनाव

१६ पदका लागि ३४ जनाको उम्मेद्वारी

१६ माघ २०७९, सोमवार
Image

मेचीनगर, १६ माघ । मेची उद्योग बाणिज्य संघको यहि माघ २१ गते हुने निर्वाचनमा १६ पदका लागि ३४ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

आज मनोनयन दर्ताको अन्तिम दिन कार्यसमितिको २१ पदमध्ये १६ जनाको प्रत्यक्ष निर्वाचन हुनेछ । १ जना सचिव र ४ जना सदस्यपछि मनोनित हुनेछन् । जनात्यसका लागि ३४ जनाको उम्मेद्वारी परेको हो ।

अध्यक्षमा २, बरिष्ठ उपाध्यक्षमा ३, उद्योग उपाध्यक्षमा २, बाणिज्य उपाध्यक्षमा २, महिला उपाध्यक्षमा २, महासचिवमा २, महिला सदस्यमा ४, खुल्ला सदस्यमा १७ जनाले उम्मेद्वारी दर्ता गराएको संघले जनाएको छ ।

व्यवसायीको साझा समूहबाट अध्यक्ष पदमा खेमराज प्रसाई, बरिष्ठ उपाध्यक्षमा पन्नालाल जैन, उद्योग उपाध्यक्षमा आनन्द खड्का, बाणिज्य उपाध्यक्षमा भीमबहादुर कुँवर, महिला उपाध्यक्षमा सुनिता शर्मा, र महासचिवमा दिनेश शाक्य उम्मेद्वार बनेका छन् ।

त्यस्तै सदस्यहरुमा दिपेन्द्रराज पाण्डे, कुलप्रसाद शिवाकोटी, भीम विष्ट, गोपालप्रसाद गुप्ता, कृष्णकुमारी चापागाई (बानियाँ), श्रवणकुमार बानियाँ, पवित्रा तिवारी, ललित अग्रवाल, इन्द्रप्रसाद भण्डारी र श्रवणकुमार साह उम्मेदवार बनेका हुन् ।

यता नेपाली कांग्रेसको लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा मोहन निरौला, बरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर), उद्योग उपाध्यक्षमा भुमी पौडेल, बाणिज्य उपाध्यक्षमा कञ्चन बराल, महिला उपाध्यक्षमा निर्मला चौहान (भण्डारी) र महासचिव पदमा उदयकुमार श्रेष्ठ उम्मेद्वार बनेका छन् ।

त्यस्तै सदस्यहरुमा कमलप्रसाद कोइराला, श्यामप्रसाद न्यौपाने, सन्तोष खवास, चन्द्रबहादुर घोर्साईं, राजेशकुमार वंशल, विनोदकुमार वानियाँ, विष्णुबहादुर बुढाथोकी र वर्मलाल ओझा उम्मेद्वार बनेका छन् । यस्तै महिला सदस्यमा देवीमाया तामाङ र सुन्दरीकुमारी श्रेष्ठ उम्मेद्वार बनेका हुन् ।

बरिष्ठ उपाध्यक्ष र सदस्य पदमा २ जनाले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन् । हरिप्रसाद कोइरालाले बरिष्ठ उपाध्यक्ष र गोपालप्रसाद चुडालले सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

यसपटकको चुनावमा एमालेसहितको ६ राजनीतिक दल एकठाउँमा र कांग्रेस एक्लै मैदानमा भिड्दै छ ।