१५ वैशाख २०८१, शनिवार

मेची उवासंघ चुनाव

वरिष्ठ उपाध्यक्ष र सदस्यमा कांग्रेसको बागी उम्मेद्वार

१६ माघ २०७९, सोमवार
Image

मेचीनगर, १६ माघ । मेची उद्योग बाणिज्य संघको यहि माघ २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका २ जनाले बागी उम्मेद्वारी दर्ता गराएका छन् ।

कांग्रेसका हरिप्रसाद कोइराला र गोपालप्रसाद चुडालले २ पदमा बागी उम्मेद्वारी दर्ता गराएका हुन् ।

कांग्रेसका कोइरालाले बरिष्ठ उपाध्यक्ष र चुडालले कार्यसमिति सदस्य पदमा उम्मेद्वारी दिएका छन् । 

उम्मेद्वारी फिर्ता लिने समय मंगलबार ४ वजेसम्म रहेको संघले जनाएको छ ।