१५ चैत २०८०, बिहिवार

पाँचपोखरी बनमा नेकपा एसको धमाकेदार जित

१८ माघ २०७९, बुधवार
Image

मेचीनगर, १७ माघ । पाँचपोखरी सामुदायिक बनको चुनावमा अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एकीकृत समाजबादीले धमाकेदार जित हासिल गरेको छ ।

आज बनको कार्य समिति चयनका लागि निर्वाचन भएको थियो । चुनावमा बुद्धशान्ति–५ र मेचीनगर–३ का ६११ जना उपभोक्ता सदस्य थिए । 

जसमध्ये ५६४ मत खसेको थियो भने दुई मत बदर भएको थियो ।

अध्यक्ष पदमा नेकपा एकीकृत समाजबादीका जिल्ला सदस्य चेतन आचार्य बिजयी हुनुभएको छ ।

उहाँले ३६४ मत पाउनु भएको थियो ।

त्यसैगरी, उपाध्यक्ष पदमा पनि नेकपा एकीकृत समाजबादीकै श्याम धिमाल बिजयी हुनुभएको छ । उहाँले ३३१ मत पाउनुभयो ।

चुनावमा नेकपा एकीकृत समाजबादी र नेकपा एमाले बीच तालमेल भएको थियो भने नेपाली कांग्रेस र राप्रपा अर्को क्याम्पमा थिए । 

अध्यक्ष पदमा नेपाली कांग्रेसका विष्णु न्यौपाने उपबिजयी हुनुभयो । उहाँले १८५ मत पाउनुभयो ।

उपाध्यक्ष पदका उपबिजयी नेपाली कांग्रेसकै झोमनाथ दाहालले १७४ मत पाउनु भएको थियो ।

यसैगरी, सचिव पदमा नेकपा एमालेकी बबिता चौधरीले ३२५ मत ल्याएर बिजयी हुनुभएको छ । उपबिजयी नेपाली कांग्रेसकी शोभा धिमाले ९५ मत पाउनु भएको थियो । 

सहसचिव पदमा नेकपा एमालेकै खेमराज मगरले २०३ मत पाएर बिजयी हुनुभएको छ । सो पदमा कांग्रेसबाट उम्मेद्वार बन्नु भएको अनु खतिवडाले १२१ मत पाउनु भएको थियो ।

कोषाध्यक्ष पदमा भने नेपाली कांग्रेसकी मन्दिरा दनुवार २९५ मत ल्याएर बिजयी हुनुभएको छ । सो पदमा नेकपा एमालेकी रेखा अधिकारीले १७९ मत ल्याउनु भएको थियो ।