८ वैशाख २०८१, शनिवार

आज खयरडाँगीमा सांगीतिक कार्यक्रम

१८ माघ २०७९, बुधवार
Image

धुलाबारी, १८ माघ । मेचीनगर वडा नं. १० को खयरडाँगीस्थित मंगलचोकमा आज ‘मंगल सांगीतिक साँझ’ कार्यक्रमको आयोजना हुँदैछ ।

खयरडाँगीको मंगलचोकमा हुने खुला कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने मंगल सांगीतिक साँझ आयोजक समितिका संयोजक गोकुल खड्काले बताउनुभयो ।

बेलुकी ६ बजे कार्यक्रम सुरु हुने कार्यक्रममा उपस्थितिका लागि आयोजक समितिले सबै संगीतप्रेमीलाई अनुरोध गरेको छ ।  

कार्यक्रममा सारेगम लिटल च्याम्प विजेता कृपा पौडेल, भ्वाइस अफ नेपालका प्रतिष्पर्धी जमिर अली, समिर, प्रतिक, सञ्जीवनी लगायतको प्रस्तुति रहने बताइएको छ ।