८ वैशाख २०८१, शनिवार

रविविरुद्ध ‘जथाभावी बोल्ने’लाई कार्वाही गर्न माग

१९ माघ २०७९, बिहिवार
Image

झापा, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका झापा अध्यक्ष उमेश खरेलले नेताहरुविरुद्ध जथाभावी अभिव्यक्ति दिने युवराज पौडेल (सफल)लाई कार्वाहीको माग गर्नुभएको छ ।

रास्वपाका अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतमा मुद्धा दायर गर्नुहुने पौडेलले मुद्धाका फैसलापश्चात लामिछाने लगायतका मुलुकका प्रमुख नेताहरुलाई अनर्गल लाञ्छना लगाउँदै आएको खरेलको दावी छ ।

खरेलले सामाजिक सञ्जालमा आफ्नो धारणा पोस्ट गर्दै झुठा आरोप लगाउँदै मिडियाबाजी भइरहँदा समेत सरकार मौन रहेको जिकीर गर्नुभयो । उहाँको माग छ–‘यस्ता जथाभावी बोल्ने व्यक्तिलाई कानूनको कठघरामा ल्याएर कार्वाही गर्नुपर्यो ।’

युवराज पौडेल लामिछानेको नागरिकता मुद्धापछि चर्चामा आइरहेका व्यक्ति हुनुहुन्छ । उहाँले नागरिकता र राहदानी विवाद खेपिरहनु भएको रवि लामिछाने, प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेल हाल्नुपर्ने सार्वजनिक अभिब्यक्ति दिदै आउनु भएको छ ।

उहाँले बुधवार मात्रै निर्वाचन आयोगमा उजुरी दर्ता गर्दै रवि लामिछानेको अध्यक्षतामा रहेको रास्वपा खारेज हुनुपर्ने माग गर्नुभएको छ । 

नेकपा विभाजित भएपछि बामदेव गौतम अध्यक्ष रहेको नेकपा (एकता राष्ट्रिय अभियान) गठन भएको सबैलाई थाहै छ ।

सोही अभियानको सदस्य रहनु भएको थियो युवराज पौडेल सफल । पछि बामदेवसँगै विवाद भएपछि पौडेलले बामदेवलाई नै पार्टीको अध्यक्षबाट हटाएर आफैलाई अध्यक्ष घोषणा गर्नुभएको थियो ।