१४ वैशाख २०८१, शुक्रवार

‘रविका समर्थक’द्वारा आत्मदाहको प्रयास

१९ माघ २०७९, बिहिवार
Image

झापा, १९ माघ । रवि लामिछानेको समर्थक बताउने एक व्यक्तिले जुम्लामा आत्मदाहको प्रयास गरेका छन् ।

आज दिउँसो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएका उनले लाइटर पार्ने प्रयास गर्दैगर्दा प्रहरीले उद्धार गरेको थियो । रविलाई न्याय दे भन्दै उहाँ चिच्याउँदै गरेको देखेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।