१६ चैत २०८०, शुक्रवार

‘मंगल साँझ’मा गुञ्जिइन् कृपा

२० माघ २०७९, शुक्रवार
Image

मेचीनगर, १९ माघ । मेचीनगर–१० खयरडाँगीको मंगल चोकमा बुधवार साँझ भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सारेगामा लिटल च्याम्पकी विजेता कृपा पौडेल, लोकप्रिय गायक जमिर अली लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सो अवसरमा बेजोड प्रस्तुति दिनु भएको थियो ।

विर्तामोडको सप्तसंगीत विद्यालयका संगीत गुरु सरोज वत्स र गायिका सञ्जीवनीले विशेष प्रस्तुति दिनुभएको थियो । उहाँहरु कृपा पौडेल, रचना रिमाल र रोशा फुयाल जस्ता प्रख्यात गायिकाको पनि प्रशिक्षक हुनुहुन्छ ।

विप्रस ब्यान्डका गायक जोडी प्रतिक चापागाई र समिर रसाइली र सरोज वत्सले आफ्नो प्रस्तुति दिदा दर्शक नाचेका थिए ।

खयरडाँगीको लालीगुराँश र प्रगति टोलको बीचमा रहेको मंगल मार्गमा रहेको मंगल चोकको गत वर्ष तत्कालीन वडाध्यक्ष सुदय पनेरुले उद्घाटन गर्नुभएको थियो ।

मंगलचोक नामाकरण भएको एक वर्ष पूरा भएको उपलक्ष्यमा सोही टोलका बासिन्दाले उत्सवको रुपमा सांगीतिक कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय धुलाबारीबाट सुरक्षका लागि सुरक्षाकर्मीहरु पनि खटिएका थिए । कार्यक्रमभर दर्शक उत्साही भएर कलाकारहरुकै लयमा नाचेका थिए ।

कार्यक्रममा धुलाबारीको हिमालय मल्टीपल क्याम्पसका प्रमुख मिलनकुमार ढुंगाना र कलाकारहरुलाई सम्मान गरिएको थियो ।

‘लालीगुराँश र प्रगति टोल जाने मार्गलाई पोहोरसाल मंगलमार्ग नामाकरण गरिएपछि यसवर्ष त्यही वार्षिकोत्सवको रुपमा सांगीतिक कार्यक्रमको आयोजना गरेका हौं,’ मंगल सांगीतिक साँझका आयोजक समितिका संयोजक एवम् उद्घोषक गोकुल खड्काले भन्नुभयो–‘संगीतको माहोलले गाउँका पाका, युवा र वालवालिका सबैलाई मनोरञ्जन दिलायो । दर्शकको अपार उपस्थितिले कार्यक्रम सफल भएको छ ।’