११ वैशाख २०८१, मङ्गलवार

मेचीउवासंघ चुनाव

महिला व्यवसायीको पक्षमा वकालत गर्नेछु : शर्मा

१९ माघ २०७९, बिहिवार
Image

मेचीनगर, १९ माघ । सौन्दर्य व्यवसाय गर्दै आएकी मेचीनगरकी सुनिता शर्मा मेची उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा उठेकी छिन् । 

सौन्दर्य व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने अभियानमा जुटेकी शर्मा यसअघि मेची उद्योग वाणिज्य संघको सदस्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेकी छिन् ।

व्युटीपार्लर व्यवसायलाई समाजले राम्रो तरिकाले अझै हेरेको छैन । उनी आफै १८ वर्षदेखि त्यही व्यवसायमा सक्रिय छिन् । समाजमा परेको नकारात्मक भ्रम चिर्न आफ्नो उम्मेद्वारी रहेको उनी बताउँछिन् ।

सामाजिक छविसमेत बनाएकी शर्मा सौन्दर्य व्यवसायी संघ मेचीनगर सचिव पनि हुन् । महिला व्यवसायीको पक्षमा लामो समयदेखि वकालत गर्दै आएकी उनले व्यवसायमा भोग्दै आएका समस्या हल गर्नुपर्ने अवसर र चुनौती दुवै देखेकी छिन् । त्यही सपनाहरु बुनेर चुनावी मैदानमा उत्रिएको उनको दावी छ ।