७ वैशाख २०८१, शुक्रवार

ट्रकको ठक्करबाट चालक र सहचालकको मृत्यु

२० माघ २०७९, शुक्रवार
Image

झापा, २० माघ ।शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोकिँदा आज विहान दुईजनाको मृत्यु भएको प्रहरीले छ । 

मृत्यु हुनेमा ना. ३ ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकका सह चालक रहेका छन् । सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताउनुभयो । 

उहाँका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरको ना. ६ ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना. ३ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो । सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो ।