१४ वैशाख २०८१, शुक्रवार

इप्रका काँकरभिट्टा

डीएसपी महतोको सरुवा, दीपक भारती आउने

२० माघ २०७९, शुक्रवार
Image

मेचीनगर, २० माघ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतोको सरुवा भएको छ ।

डीएसपी महतोको मधेश प्रदेश प्रहरी कार्यालय अन्तरगत गम्भीर अपराध अनुसन्धान शाखा जनकपुरमा सरुवा भएको हो ।

विहीबार प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको थियो ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जनाको सरुवा र ३४ जना डीएसपीको काज सरुवा गरेका हुन् ।

अब इप्रका काँकरभिट्टाको कमाण्ड समाल्न ललितपुर जिल्ला प्रहरी कार्यालयबाट डीएसपी दीपक भारती आउने भएका छन् ।