१२ वैशाख २०८१, बुधवार

मेची उवासंघ चुनाव

व्यवसायीको चुनावी मैदानमा इन्जिनियर पनि

२० माघ २०७९, शुक्रवार
Image

मेचीनगर, २० माघ । मेचीनगर नगरपालिकाका निवृत्त इन्जिनियर कमल कोइराला मेची उद्योग वाणिज्य संघको सदस्य पदमा उम्मेद्वार बन्नु भएको छ ।

उहाँले दुई दशक अवधि सिभिल इन्जिनियरको रुपमा मेचीनगरको पूर्वाधार विकासमा योगदान पुर्याउनु भएको छ । उहाँ जस्तो अनुभवी र प्रवुद्ध व्यक्तित्व उम्मेद्वार बन्दा संघको चुनाव रोचक बनेको छ भने मतदाता उत्साहित भएका छन् ।

उहाँ लोकतान्त्रिक प्यानलबाट उम्मेद्वार बन्नु भएको हो । उहाँको परिचय प्यानलभन्दा बाहिर पनि उत्तिकै भएकाले मतदाताको रोजाइमा पर्ने सम्भावना छ ।

आफु ठूलो हुँ भनेर कहिल्यै अहंकार नगर्ने सरल, शालिन र मिलनसार कोइराला चुनाव जितेर मेची उद्योग वाणिज्य संघमार्फत व्यवसायीहरुको हितमा उल्लेख्य काम गर्ने सोचमा हुनुहुन्छ ।

‘ठूलो पद ओगटेको छैन, सदस्य मात्र त बन्छु भनेको हुँ,’ मतदातामाझ भोट माग्न व्यस्त ई. कोइराला भन्नुहुन्छ–‘आजसम्म कसैको अहित गरेको छैन । सबैसँग राम्रो सम्बन्ध राखेको छु । चुनावमा पक्कै पनि सबैले मलाई अमूल्य मत दिएर बिजयी बनाउनु हुन्छ भन्ने विश्वास लिएको छु ।’

मेची उद्योग वाणिज्य संघलाई प्रभावशाली ढंगले अघि बढाउन मेचीनगर नगरपालिकासँग सहकार्य आवश्यक पर्छ । ई. कोइराला मेचीनगर नगरपालिकाकै सिनियर अवकाशप्राप्त अधिकृत भएकाले सहकार्य कुन तरिकाले गर्नुपर्छ भन्ने उहाँलाई जानकारी छ ।

ईन्जिनियर जस्तो समाजको प्रवुद्ध नागरिकले व्यवसायीको हितमा काम गर्छु भनेर आउँदा आम व्यवसायीहरु खुशी रहेको र त्यसको परिणाम चुनावमा देखिने चर्चा छ ।