७ वैशाख २०८१, शुक्रवार

मेची उवासंघ चुनाव

मतदाताको रुझान हेर्दा परिणाम मिश्रित आउने अनुमान

२१ माघ २०७९, शनिवार
Image

मेचीनगर, २१ माघ । मेची उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

दुई प्यानल र केही स्वतन्त्र उम्मेद्वारबीच चुनावी प्रतिष्पर्धा छ । मतदाताको रुझान हेर्दा परिणाम मिश्रित आउने अनुमान गरिएको छ ।

सत्तारुढ नेकपा एमालेको नेतृत्वमा छ दलीय साझा गठबन्धनका उम्मेद्वारहरु एकातिर छन् भने अर्कातिर विपक्षी नेपाली कांग्रेसको एकल लोकतान्त्रिक प्यानल रहेको छ । वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वार पनि छन् ।

अध्यक्ष पदमा कडा प्रतिष्पर्धा हुने अनुमान छ । व्यवसायी मतदातामाझ परम्परागत रुपमा कांग्रेसको पडक बलियो मानिन्छ । तर, यसपाली कांग्रेसलाई एक्ल्याउँदै सत्तारुढ गठबन्धनका छ दलीय उम्मेद्वार बलियो रुपमा उपस्थित भएका छन् ।

साझा गठबन्धनको तर्फबाट अध्यक्षमा खेमराज प्रसार्इँँ, वरिष्ठ उपाध्यक्षमा पन्नालाल जैन, उद्योग उपाध्यक्षमा आनन्द खड्का, वाणिज्य उपाध्यक्षमा भीमबहादुर कुँवर, महिला उपाध्यक्षमा सुनिता शर्मा, महासचिवमा दिनेश शाक्य र सदस्यहरुमा दिपेन्द्रराज पाण्डे, भीमकुमार बिष्ट, ललित अग्रवाल, श्रवणकुमार साह, इन्द्रप्रसाद शिवाकोटी, केपी शिवाकोटी, गोपाल गुप्ता, श्रवणकुमार बानियाँ, पवित्र तिवारी र कृष्णकुमार चापागाई उम्मेद्वार हुनुहुन्छ ।

यसैगरी, लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्षमा मोहन निरौला, वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री, उद्योग उपाध्यक्षमा भूमि पौडेल, वाणिज्य उपाध्यक्षमा कञ्चन बराल, महिला उपाध्यक्षमा निर्मला चौहान भण्डारी, महासचिवमा उदयकुमार श्रेष्ठ, देवीमाया तामाङ, सुन्दरीकुमारी श्रेष्ठ, कमलप्रसाद कोइराला, श्यामप्रसाद न्यौपाने, सन्तोष खवास, चन्द्र घोर्साइ, राजेशकुमार बंशल, बिनोदकुमार बानियाँ, विष्णुलाल बुढाथोकी र बर्मलाल ओझा उम्मेद्वार हुनुहुन्छ ।

वरिष्ठ उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारको रुपमा हरि कोइराला हुनुहुन्छ ।