१५ चैत २०८०, बिहिवार

खारेजीमा परेको सञ्चार प्रतिष्ठान व्युँताइने

२१ माघ २०७९, शनिवार
Image

विर्तामोड, २१ माघ । प्रदेश नं. १ मा पुरानो सञ्चार प्रतिष्ठान व्युँताइने भएको छ । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज त्यस्तो जानकारी दिनुभएको हो ।

प्रेस चौतारी झापाले आयोजना गरेको अग्रज पत्रकार सम्मान कार्यक्रममा बोल्दै उहाँले अब कानून नै बनाएर प्रतिष्ठानलाई अघि बढाउने बताउनुभयो ।

प्रदेशको पहिलो सरकारमा आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री रहनु भएको उहाँले त्यसबेला सञ्चार प्रतिष्ठान गठन गर्नुभएको थियो । त्यसपछिको सरकारले प्रतिष्ठान खारेज गरेको थियो ।

पत्रकार उपचार कोष समेत उहाँले व्युँताउने जानकारी दिनुभयो ।