८ वैशाख २०८१, शनिवार

मेचीउवासंघ चुनाव

मतदान सम्पन्न, मतगणना भोलि

२१ माघ २०७९, शनिवार
Image

मेचीनगर, २१ माघ । मेची उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ ।

शनिबार राधास्वामीको भवनमा विहान ८ वजेदेखि सुरु निर्वाचन दिउँसो ४ वजे सम्पन्न भएको हो ।

निर्वाचन समितिका संयोजक अशोककुमार पोखरेलले मतदान सम्पन्न भएको बताए । उनले कुल १ हजार ७६८ मतदाता मध्ये १ हजार ३८९ जना मतदाताले मतदान गरेको बताए ।

आइतबार विहान ९ वजेदेखि मतगणना सुरु हुने उनको भनाई छ ।

चुनावमा नेकपा एमालेको नेतृत्वमा ६ दलका साझा व्यवसायीहरुको समूह र नेपाली कांग्रेसको लोकतान्त्रिक प्यानल चुनावी मैदानमा उत्रिएको थियो ।