१६ चैत २०८०, शुक्रवार

मेचीउवासंघ चुनाव

अध्यक्षमा प्रसाईको अग्रता

२२ माघ २०७९, आइतवार
Image

मेचीनगर, २२ माघ । मेची उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीहरुको साझा समूहका अध्यक्ष पदका उम्मेद्वार खेमराज प्रसाईले अग्रता लिएका छन् ।

आइतबार विहान सुरु भएको मतगणनाको पारम्भिक नतिजा अनुसार अध्यक्षमा प्रसाई ९१ मतले अगाडी रहेका छन् । १८५ मत गणना हुँदा त्यति मत आएको हो ।

यता नेपाली कांग्रेसको लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार मोहन निरौलाले ८१ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।  

वरिष्ठ उपाध्यक्षमा साझा समूहका आनन्द खड्काले ३०, लोकतान्त्रिकका कपिल क्षेत्रीले ७२ र स्वतन्त्रका ६३ मत ल्याएका छन् ।

उद्योग उपाध्यक्षमा साझा समूहका पन्नालाल जैनले ७६ र लोकतान्त्रिकका भुमि पौडेलले ८९ मत ल्याएका छन् ।

बाणिज्य उपाध्यक्षमा साझा समूहका भिमबहादुर कुँवरले ६९ र लोकतान्त्रिकका कञ्चन बरालले ९९ मत ल्याएका छन् ।

महिला उपाध्यक्षमा साझा समूहका सुनिता शर्माले ६८ र लोकतान्त्रिकका निर्मला चौहान भण्डारीले ९८ मत ल्याएकी छन् ।

यस्तै महासचिव पदमा साझा समूहका दिनेश शाक्यले ८७ र लोकतान्त्रिकका निर्मला उदयकुमार श्रेष्ठले ७६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । 

शनिबार सम्पन्न चुनावमा संघका १७६८ जना मतदाता मध्ये १३८९ जनाले मतदान गरेका थिए ।