८ वैशाख २०८१, शनिवार

मेचीउवासंघ चुनाव

अध्यक्षमा प्रसाईको अग्रता

२२ माघ २०७९, आइतवार
Image

मेचीनगर, २२ माघ । मेची उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीहरुको साझा समूहका अध्यक्ष पदका उम्मेद्वार खेमराज प्रसाईले अग्रता लिएका छन् ।

आइतबार विहान सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार अध्यक्षमा प्रसाई १५० मतले अगाडी रहेका छन् । 

यता नेपाली कांग्रेसको लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार मोहन निरौलाले ११० मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।  २८५ मत गणना हुँदा त्यति मत आएको हो ।

वरिष्ठ उपाध्यक्षमा साझा समूहका पन्नालाल जैनले ४८, लोकतान्त्रिकका कपिल क्षेत्रीले ११२ र स्वतन्त्रका हरिप्रसाद कोइरालाले ९४ मत ल्याएका छन् ।

उद्योग उपाध्यक्षमा साझा समूहका आनन्द खड्काले ११७ र लोकतान्त्रिकका भुमि पौडेलले १३८ मत ल्याएका छन् ।

बाणिज्य उपाध्यक्षमा साझा समूहका भिमबहादुर कुँवरले १०७ र लोकतान्त्रिकका कञ्चन बरालले १५० मत ल्याएका छन् ।

महिला उपाध्यक्षमा साझा समूहका सुनिता शर्माले ११६ र लोकतान्त्रिकका निर्मला चौहान भण्डारीले १३२ मत ल्याएकी छन् ।

यस्तै महासचिव पदमा साझा समूहका दिनेश शाक्यले १४२ र लोकतान्त्रिकका निर्मला उदयकुमार श्रेष्ठले १०९ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । 

यसैगरी महिला सदस्यमा देवीमाया तामाङको ८४, कृष्णकुमारी चापागाई सुवेदीको ७१, पवित्रा तिवारीको ८५, सुन्दरीकुमारी श्रेष्ठको ७६, खुल्ला सदस्यमा वर्मलाल ओझाको ८६, भिम विष्टको ९१,  विनोदकुमारबानियाँको ७९, विष्णुबहादुर बुढाथोकीको ११०, चन्दैबहादुर घोर्साईको ६१, दिपेन्द्रराज पाण्डेको ८६, गोपालप्रसाद गुप्ताको ६६, इन्द्रप्रसाद भण्डारीको ४९, कमलप्रसाद कोइरालाको ९२, कुलप्रसाद शिवाकोटीको (केपी) ७२, ललित अग्रवालको ६४, राजेशकुमार वंशलको ८०, सन्तोष खवासको ७१, श्रवणकुमार बानियाँको ८०, श्रवणकुमार साहको ५१ र श्यामप्रसाद न्यौपानेले ८६ मत ल्याएको निर्वाचन समितिले जनाउको छ ।

शनिबार सम्पन्न चुनावमा संघका १७६८ जना मतदाता मध्ये १३८९ जनाले मतदान गरेका थिए ।