८ वैशाख २०८१, शनिवार

मुख्यमन्त्री सचिवालयको नेतृत्व गर्दै सुवास

२२ माघ २०७९, आइतवार
Image

झापा, २२ माघ । प्रदेश नंं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको निजी सचिवमा सुवास श्रेष्ठले कार्यभार सम्हाल्नु भएको छ । 

हल्दिबारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई मुख्यमन्त्री कार्कीले निजी सचिवायलको नेतृत्व सुम्पनु भएको हो ।

श्रेष्ठ आज मुख्यमन्त्रीको कार्यालयमा हाजिर भइसक्नु भएको छ । हल्दिबारी गाउँपालिकाले यसअघि उहाँलाई सम्मानसहित विदाई गरेको थियो ।

प्रशासनिक क्षेत्रमा दक्ष र मिलनसार मानिनुहुने उहाँले झापाको भद्रपुर, बाह्रदशी र कमल पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सफल कार्यकाल बिताउनु भएको थियो ।

पछिल्लो समय हल्दिबारीमा उहाँ पाँच महिना २० दिन मात्र कार्यरत हुनुभयो । उहाँले स्थानीय तहकै वरिपरि रहेर ११ वर्ष सरकारी सेवा गरिसक्नु भएको छ ।