१४ वैशाख २०८१, शुक्रवार

अध्यक्षमा प्रसाई ६३ मतले अगाडि

२२ माघ २०७९, आइतवार
Image

मेचीनगर, २२ माघ । मेची उद्योग वाणिज्य संघको पछिल्लो मतगणना अनुसार अध्यक्ष पदमा खेमराज प्रसाईको अग्रता जारी छ ।

प्रसाईले ३०३ मत पाउनु भएको छ भने अध्यक्ष पदका अर्का उम्मेद्वार मोहन निरौलाले २४० मत पाउनु भएको छ ।

प्रसाई नेकपा एमालेसहित छ दलीय साझा गठबन्धनबाट उम्मेद्वार बन्नुभएको हो भने निरौला नेपाली कांग्रेसको लोकतान्त्रिक समूहबाट उठ्नु भएको हो ।

अहिलेसम्म ५८५ मत गणना भइसकेको छ । अझै ११०० मतभन्दा बढी गणना हुन बाँकी छ ।