७ वैशाख २०८१, शुक्रवार

अध्यक्षमा प्रसाईको ३५६, निरौलाको २७८

२२ माघ २०७९, आइतवार
Image

मेचीनगर, २२ माघ । मेची उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीहरुको साझा समूहका अध्यक्ष पदका उम्मेद्वार खेमराज प्रसाईको अग्रता कायम रहेको छ ।

आइतबार विहान सुरु भएको मतगणनाको पारम्भिक नतिजा अनुसार अध्यक्षमा प्रसाई ३५६ मत ल्याएका छन् । 

यता नेपाली कांग्रेसको लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार मोहन निरौलाले २७८ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । ६८५ मत गणना हुँदा त्यति मत आएको हो ।

वरिष्ठ उपाध्यक्षमा साझा समूहका पन्नालाल जैनले १०६, लोकतान्त्रिकका कपिल क्षेत्रीले २६१ र स्वतन्त्रका हरिप्रसाद कोइरालाले २४८ मत ल्याएका छन् ।

उद्योग उपाध्यक्षमा साझा समूहका आनन्द खड्काले २९२ र लोकतान्त्रिकका भुमि पौडेलले ३२६ मत ल्याएका छन् ।

बाणिज्य उपाध्यक्षमा साझा समूहका भिमबहादुर कुँवरले २५५ र लोकतान्त्रिकका कञ्चन बरालले ३६० मत ल्याएका छन् ।

महिला उपाध्यक्षमा साझा समूहका सुनिता शर्माले २८२ र लोकतान्त्रिकका निर्मला चौहान भण्डारीले ३१८ मत ल्याएकी छन् ।

यस्तै महासचिव पदमा साझा समूहका दिनेश शाक्यले ३३३ र लोकतान्त्रिकका उदयकुमार श्रेष्ठले २७४ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । 

यसैगरी सदस्यमा १२०१ मत गणना हुँदा महिला सदस्यमा देवीमाया तामाङको ५४३, कृष्णकुमारी चापागाई सुवेदीको ३८८, पवित्रा तिवारीको ४४६, सुन्दरीकुमारी श्रेष्ठको ४९९, खुल्ला सदस्यमा वर्मलाल ओझाको ४७५, भिम विष्टको ५२२,  विनोदकुमार बानियाँको ५४९, विष्णुबहादुर बुढाथोकीको ६४४, चन्द्रबहादुर घोर्साईको ४५५, दिपेन्द्रराज पाण्डेको ४८२, गोपालप्रसाद गुप्ताको ३६३, इन्द्रप्रसाद भण्डारीको ३३०, कमलप्रसाद कोइरालाको ५९८, कुलप्रसाद शिवाकोटीको (केपी) ३५९, ललित अग्रवालको ३८२, राजेशकुमार वंशलको ५२८, सन्तोष खवासको ४९३, श्रवणकुमार बानियाँको ४५०, श्रवणकुमार साहको २९७ र श्यामप्रसाद न्यौपानेले ५३३ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

शनिबार सम्पन्न चुनावमा संघका १७६८ जना मतदाता मध्ये १३८९ जनाले मतदान गरेका थिए ।