१३ वैशाख २०८१, बिहिवार

इन्धनको मूल्य ३ रुपैयाँले बढ्यो

२४ माघ २०७९, मङ्गलवार
Image

झापा, २३ माघ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । 

पेट्रोल, डिजेल र मट्टितिलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल, मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ ।

निगमले नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेब्रुअरी २०२२ मा तिर्नुपर्ने बक्यौता १६ अर्व ३० करोड रुपैयाँ रहेको दावी गरेको छ ।