८ वैशाख २०८१, शनिवार

भाउ नपाएपछि किसानले जिउँदै कुखुरा फाले सडकमा

२४ माघ २०७९, मङ्गलवार
Image

झापा, २४ माघ । मूल्य नपाएको भन्दै झापाली कुखुरापालक किसानहरुले बिर्तामोडको मुक्ति चोकमा जिउँदै कुखुरा फालेर विरोध जनाएका छन् ।

आफ्ना उत्पादनले बजार पाउनु पर्ने माग गर्दै उनीहरुले अण्डा र कुखुरा सडकमा फालेका हुन् ।

कृषिमा आत्मनिर्भर बनाउन सरकारले हौस्याएपछि आफुहरुले कुखुरापलन गरेको तर उचित बजार भाउ नपाएर घर न घाटको अवस्थामा पुगेको आन्दोलनकारी भरत चम्लागाईले बताउनुभयो ।

कृषि कर्ममा लागेर र उत्पादन पनि गरेको तर सरकारले त्यसको बजारीकरण नगरेकाले बाध्य भएर सडकमा उत्रिनु परेको उनले बताए ।

‘हामीसँग ८ रुपैयाँमा किनेको अण्डा उपभोक्ताले १५ रुपैयाँमा किनेर खानु परेको छ,’ उहाँले भन्नुभयो, ‘सरकारले बजारीकरणमा सहयोग नगरेकै कारण बिचौलिया मोटाउने र किसान मर्ने स्थिति आए आयो ।’

किसानहरु सडकमा अण्डा र कुखुरा त्यसै छाडेर फर्केका थिए ।