१६ चैत २०८०, शुक्रवार

मेचीनगरका एमाले नेता राईको स्वास्थ्यमा सुधार

२४ माघ २०७९, मङ्गलवार
Image

मेचीनगर, २४ माघ । अस्वस्थ भई अस्पताल भर्ना हुनुभएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य एवम् मेचीनगरका पूर्व इञ्चार्ज देबकुमार राईको स्वास्थ्यमा सुधार आएको छ ।

लिभर सुन्निने र उच्च रक्तचापको समस्या बढेपछि उहाँलाई विर्तामोडको मनमोहन सामुदायिक अस्पतालमा केही दिन अघि भर्ना गरिएको थियो ।

एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलले उपचारपछि उहाँको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र भोलि या पर्सीतिर डिस्चार्ज हुने जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक रोमणि भट्टराईले उहाँको लिभर सुन्निएको र प्रेसर बढेको जानकारी दिदै उपचारपछि स्वास्थ्य राम्रो हुँदै गएको बताउनुभयो ।

अस्पतालमा भर्ना भएका बेला मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी लगायतका नेताहरुले उहाँको स्वास्थ्य अवस्था र उपचारको जानकारी लिनुभएको थियो ।