१४ वैशाख २०८१, शुक्रवार

कापीकलम र डोको डस्टबिन वितरण

२५ माघ २०७९, बुधवार
Image

ज्यामिगरगढी, २५ माघ । ज्यामिरगढी माध्यमिक विद्यालयका विद्यार्थीलाई एक दाताले आफ्नो जन्मदिनमा कापी र कलम वितरण गरेका छन् ।

मेचीनगर–१० की संयोगीता उपाध्यायको जन्मदिनमा मंगलवार उहाँका अभिभावकहरुले कक्षा १ देखि ५ सम्मका सय जना विद्यार्थीलाई कापी कलम वितरण गर्नु भएको हो ।

यसैगरी, शुभारम्भ अभियानको पहलमा स्थानीय टोल समितिले विद्यालयलाई छ वटा डोको डस्टबिन प्रदान गरेको छ ।

विद्यालयको फोहोर व्यवस्थापनमा सघाउन डोको डस्टबिनले मदत पुग्ने विद्यालयका प्रधानाध्यापक शान्तिराम चम्लागाईले बताउनुभयो ।

विद्यालयका पूर्व अध्यक्ष जयप्रसाद भेटवालको अध्यक्षता र मेचीनगर १५ का वडाध्यक्ष राजन भट्टराईको प्रमुख आतिथ्यमा भएको कापीकलम वितरण कार्यक्रममा शुभारम्भ अभियानका संयोजक केपी शिवाकोटी लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा संविधानसभा सदस्य मानसिंह राजबंशी, पूर्व प्रधानाध्यापकहरु सोम कटुवाल, धनराज कटुवाल लगायतको उपस्थिति रहेको थियो ।