१६ चैत २०८०, शुक्रवार

भूकम्पमा जन्मिएकी शिशुको तीस घण्टापछि जीवितै उद्धार (भिडियो पनि)

२५ माघ २०७९, बुधवार
Image

झापा, २५ फागुन । सिरियामा भग्नावशेषमुनि फसेकी एक गर्भवती महिलाले नवजात शिशुलाई जन्म दिएकी छन् । 

न्यूयोर्क टाइम्सका अनुसार उत्तरी सिरियामा एउटा घरको भग्नावशेषबाट एक नवजात शिशुलाई जिउँदै निकालिएको हो ।

सोमबार गएको भूकम्पमा परी आमाको मृत्यु भए पनि नवजात शिशुलाई भने आमाको नाभीमा बाँधिएको अवस्थामा उद्धार गरिएको र उनको अवस्था नाजुक रहेको बीबीसीले लेखेको छ ।

नवजात शिशुका बुवा, चार दाजुभाइ र एक काकीले भूकम्पमा ज्यान गुमाएका छन् ।

शिशुलाई भग्नावशेषबाट निकालिएको कारूणिक दृश्य सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

३४ वर्षीय खलील अल शमीले न्यूयोर्क टाइम्सलाई सिरियाको जिन्दायरिस सहरमा सोमबार आएको भूकम्पले आफ्नो भाइको घर ध्वस्त भएको बताए। पूरै भवन भग्नावशेषमा परिणत भएको छ ।

उनी आफ्नो भाइ र परिवारका अन्य सदस्यहरू खोज्न भग्नावशेष खन्ने क्रममा थिए। यसैबीच उनले आफ्नी भाउजुको नाभीसँग जोडिएको सुन्दर बालिका देखे । त्यसपछि उनीहरूले तुरुन्तै नाभी काटे । बच्ची रुन थालिन्, उनलाई बाहिर निकाले ।

भग्नावशेष पूरै हटाउँदा बालिकाकी आमा मृत अवस्थामा फेला परेकी थिइन् ।

खलीलका अनुसार उनकी भाउजु गर्भवती थिइन् र एक–दुई दिनपछि बच्चा जन्माउने मिति थियो । भूकम्पपछिको झट्काका कारण भग्नावशेषमै बच्चा जन्माएकी हुन् । करिब ३० घण्टापछि बालिकालाई सकुशल बाहिर निकालियो ।

समाचार संस्था एएफपीका अनुसार अहिले ती शिशुको अवस्था स्थिर रहेको छ । शरीरमा चोटका निशानहरू छन् । अत्यधिक चिसोका कारण उनलाई हाइपोथर्मिया पनि भएको छ ।

भिडियो हेर्नुहोस्–