१४ वैशाख २०८१, शुक्रवार

प्रदेश प्रहरीले सुरु गर्यो लागुऔषध न्युनिकरण अभियान

२५ माघ २०७९, बुधवार
Image

झापा, २५ माघ । प्रदेश नं. १ को प्रदेश प्रहरी कार्यालयले लागुऔषध न्युनिकरण गर्न ‘म सक्छु’ अभियान सुरु गरेको छ । 

आज बिराटनगर–१६ मा ५० जना लागुऔषध प्रयोगकर्तालाई भेला गरेर मनोसामाजिक परामर्श अभियान सुरु गरेको हो । 

उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल लगायतले लागुऔषध प्रयोगकर्ताहरुलाई मनोसामाजिक परामर्श प्रदान गरेका थिए ।

अभियान १ नम्बर प्रदेशका १४ वटै जिल्लामा सञ्चालन गरिने भएको छ ।