१५ वैशाख २०८१, शनिवार

आत्महत्या दुरूत्साहनको आरोपमा शिक्षक पक्राउ

२६ माघ २०७९, बिहिवार
Image

धुलाबारी, २६ माघ । गौरीगञ्जबाट प्रहरीले आत्महत्या दुरुत्साहन गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज माध्यमिक विद्यालयका शिक्षक पवनकुमार दास रहेको प्रहरीले जनाएको छ ।

दासमाथि कक्षा ११ मा अध्ययनरत गौरीगञ्ज गाउँपालिका-३ की १७ वर्षीया छात्रा सोनी राजवंशीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप छ । प्रहरीले बुधबार उहाँलाई निवासबाटै नियन्त्रणमा लिएको हो । उहाँ उक्त विद्यालयका अनुशासन विभाग प्रमुख समेत हुनुहुन्छ ।

मंगलबार अनुशासन उल्लंघन गरेको भन्दै उहाँले सोनीलाई कुटपिट गरेको खुलेको छ । सोनी सोही साँझ घरमा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो ।

शिक्षकको कुटपिटकै कारण मानसिक तनावमा रहनु भएकी उहाँले आत्महत्याको बाटो रोजेको परिवारको आरोप छ । सोनीका आफन्त र विद्यार्थीले बुधबार शिक्षक दासको घरमा तोडफोड गरेका थिए ।

आत्महत्या दुरुत्साहन गर्ने शिक्षक दासलाई कारबाहीको माग गर्दै सोनीको परिवारले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा लिखित जाहेरी दिएको छ । जाहेरीका आधारमा शिक्षक दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।