१३ वैशाख २०८१, बिहिवार

उन्मुक्ति पार्टीले ढाल्यो सूपको एमाले सरकार

२६ माघ २०७९, बिहिवार
Image

झापा, २६ माघ । नागरिक उन्मुक्ति पार्टीले विश्वास मत दिन अस्वीकार गरेपछि सुदूर पश्चिमको एमाले सरकार ढलेको छ ।

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् ।

पुस २७ मा नागरिक उन्मुक्ति पार्र्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

जस अनुसार उनी मुख्यमन्त्री भएको ३० दिन आज पूरा भएको थियो । तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् ।  

रावल पदमुक्त भएपछि  प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्श थालेका छन् ।

सत्तारुढ गठबन्धनभित्र किचलो बढेपछि पहिलोपल्ट त्यसको नकारात्मक असर सुदूर पश्चिम सरकारमा परेको हो ।

संविधान बमोजिम अब नेपाली कांग्रेसका संसदीय दलका नेता कमल शाह अब नयाँ मुख्यमन्त्रीमा नियुक्त हुने सम्भावना छ ।

शाहले पनि सरकार जोगाउन नागरिक उन्मुक्ति पार्टीको मत पाउन अनिवार्य छ ।