८ वैशाख २०८१, शनिवार

भर्खरै

सुप मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

२६ माघ २०७९, बिहिवार
Image

झापा, २६ माघ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनुभएको छ ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

उहाँलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । आज बेलुकी मुख्यमन्त्रीमा नियुक्त भएका शाहले भोलि पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश सभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सक्नु भएन ।

अब नयाँ मुख्यमन्त्री शाहले पनि विश्वासको मत पाउन नागरिक उन्मुक्तिको साथ पाउनु पर्ने चुनौति छ ।